शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन

शनिबार, ०९ साउन २०८३, ०४ : ४८
शनिबार, ०९ साउन २०८३

सारांश

  • दाङ ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा १४ हजारभन्दा बढी सवारी साधन कारवाही गरेको छ।
  • यस कारवाहीबाट एक करोड ५२ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ।
  • गत वर्ष ३४७ सवारी दुर्घटनामा ७२ जनाले ज्यान गुमाएका छन्।

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले बितेको आर्थिक वर्ष २०८२।०८३मा ट्राफिक नियम पालना नगर्ने १४ हजार बढी सवारी साधनलाई कारबाही गरेको छ । एक वर्षका अवधिमा १४ हजार ५६३ वटा सवारी साधनलाई कारबाही गर्दा एक करोड ५२ लाख ६० हजार, ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी नियम पालना नगर्नेमा मोटरसाइकल चालक रहेका छन् । सो अवधिमा छ हजारभन्दा बढी मोटरसाइकल चालकलाई कारबाही गरिएको छ ।

जिल्लामा बितेको आर्थिक वर्ष २०८२।०८३मा ३४७ सवारी दुर्घटना हुँदा ७२ जनाको अकाल मै ज्यान गएको छ । ज्यान जानेमा ५० पुरुष, १९ महिला र तीन बालबालिका रहेको ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।ती दुर्घटनामा ६६१ सवारी साधन छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप