क्रिकेट रंगशाला निर्माणका लागि जिग्री र पाँडेले दिए ‘को बन्छ करोडपति’ बाट जितेको रकम
काठमाडौं । धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि हाँस्य कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले रु ८० हजार सहयोग गरेका छन् ।
दुबै कलाकारले एपी वान टेलिभिजनबाट प्रसारण भएको ‘को बन्छ करोडपति’को पहिलो सिजनमा खेल खेलेर जितेको उक्त रकम धुर्मुस–सुन्तली फाउण्डेसनलाई प्रदान गरेका हुन् ।
दुबै कलाकारले सामाजिक संजाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै करोडपतिबाट जितेको रकम धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग गराएको जनाएका छन् ।
उनीहरुले स्टाटस लेखेका छन् ‘ जनस्तरबाट निर्माण भइरहेको ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी हामी कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले एपी वान टेलिभिजनबाट प्रशारण भएको ‘को बन्छ करोडपति’को पहिलो सिजनमा खेल खेली जितेको ८० हजार रुपैंया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेका छौँ । राष्ट्र निर्माण, तपाई हाम्रो अभियान ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण