बलात्कार आरोपीलाई जोगाउन खोज्दा समातिए वडासचिव
बिहीबार, १० पुस २०७६, १८ : २३
बारा । जबरजस्ती करणी उद्योग कसूरका अभियुक्तलाई फाइदा तथा पीडितलाई नोक्सानी पुर्याउने नियतले अभियुक्तको कीर्ते जन्म दर्ता बनाएको अभियोगमा पचरौता नगरपालिका वडा नम्बर ४ र ५ का वडासचिव प्रभु पंडितलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणी उद्योग कसूर मुद्दामा जिल्ला अदालत बाराको यही पुस १ गतेको आदेशले हाल पुर्पक्षको सिलसिलामा कारागार कार्यालय बीरगंज थुनामा रहेका पचरौता नगरपालिका-५ बस्ने सोहन भन्ने १८ वर्षीय जितेन्द्र महतो नुनियाको २०५८ सालमा जन्म भएकोमा २०६० सालमा जन्म भएको भनि वडासचिव पंडितले कीर्ते कागज तयार गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पंडित उपर लिखत सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण