फिजीमा भीषण आँधी
वेलिङटन । फिजीमा आइतबार आएको भीषण आँधीको कारण दुई जनाको मृत्यु भएको छ । ‘सरै’ नाम दिइएको यस आँधीको कारण २५ सय भन्दा बढीलाई आश्रयस्थलको आवश्यकता परेको जनाइएको छ ।
यस आँधीमा परेकाहरुलाई आपतकालिन आश्रयस्थलको आवश्यकता परेको अधिकारीहरुले जनाएका छन् । यस आँधीबाट घरहरु भत्किनुका साथै वालीनाली र रुखहरु ढलेका छन् । त्यसैगरी विद्युत सेवा अवरुद्ध भएको छ, भने दर्जनौ उडान रद्ध भएका छन् ।
पर्यटकीय मौसमको बेला यस्तो घटना भएकाले धेरै पर्यटकहरु मर्कामा परेको अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका निर्देशक भासिती साकोले १८ वर्षीय एक जना विद्यार्थीको काडाभुमा मृत्यु भएको बताए ।
‘भीषण आँधीको कारण ती व्यक्तिको मृत्यु भएको बताइएको छ, मृत्यु भएका व्यक्ति चक्रवात आएको बेलामा साथीहरुसँग पौडी खेल्दै थिए, उनले भने । अर्का झण्डै ४० वर्षका व्यक्तिको पनि शव भेटिएको उनले जानकारी दिए । भिटीलेभु भन्ने ठाउँमा नदी तर्न लागेको बेलामा ती व्यक्तिको चक्रवातमा परी मृत्यु भएको अनुमान गरिएको निर्देशक भासितीको भनाई छ ।
आँधी परी सिकिस्त घाइते भएका अर्का एक व्यक्तिको पनि अस्पतालमा उपचार भइरहेको छ । ती व्यक्ति भने आँधीका कारण ढलेको रुखले च्यापेर घाइते भएको बताइएको छ । आँधीका कारण अवरुद्ध भएको विद्युत सेवा सुचारु हुन अझै एक हप्ता लाग्न सक्ने अनुमान गरिएको अधिकारीहरुले बताएका छन् । सारै नाम चक्रवात प्रतिघण्टा १५० प्रतिकिलोमिटरको गतिमा आएको थियो । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण