२२ औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाइने
काठमाडौं । सरकारले २२ औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाउने भएको छ । गृह मन्त्रालयमा आज बसेको २२ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले माघ २ गते भव्यताका साथ उक्त दिवस बनाउने निर्णय गरेको हो । बैठकमा भूकम्प दिवस कार्यक्रम, भूकम्प दिवस मूल समारोह स्थल चयन, मूल समारोहका प्रमुख अतिथिको चयन, उपसमिति गठन, प्रदेश र स्थानीय तहमा दिवस मनाउने पत्राचार गर्ने विषयमा छलफल भएको थियो ।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले नागरिकको सुरक्षाको जिम्मेवारी राज्यको भएकाले आउने विपद्बाट बच्ने गरी नीति कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने बताए । ‘विसं २०७२ को भूकम्पले क्षति पु¥याएको भौतिक संरचनालाई पुनःनिर्माणको कार्यलाई पूर्णता दिन सबै लाग्नुपर्छ’, उनले भने ।
गृहमन्त्री थापाले नेपाल भूकम्प जोखिमको उच्च क्षेत्र भएकाले भविश्यमा पनि आउने जोखिमलाई ध्यानमा राखेर दिवस मनाउने लक्ष्य र उदेश्यमा स्पष्ट हुनु जरुरी रहेको बताए । नागरिकको सुरक्षाका लागि आवश्यक नीति, कार्यक्रम र योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । उनले आगामी दिनमा आउने विपद्बाट जोगिनका लागि आवश्यक नीति र कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ : एम्बाप्पे चम्किँदा स्वीडेनमाथि फ्रान्सको सानदार जित
-
गण्डकीमा गौरवका आयोजना निर्माणमा ढिलाइ
-
बागलुङमा कुकुरलाई ‘होस्टेल’
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण