प्रताप दासको ‘यात्रा’
मङ्गलबार, १५ पुस २०७६, १२ : ३०
काठमाडौं । गायक प्रताप दासले ‘यात्रा’ बोलको नयाँ गीत ल्याएका छन् ।
राजधानीमा एक कार्यक्रममा बीच सार्वजनिक गीतमा प्रतापलाई पुजाले स्वरमा साथ दिएकी छन् ।
सत्यराज एसारसीको शब्द र सरोज पोखरेलको संगीत रहेको गीतमा उदयराज पौडेलले संगीत संयोजन गरेका छन् । गीतको भिडियोमा करुणा श्रेष्ठ र प्रकाश रामदामको अभिनय देख्न सकिन्छ ।
भिडियोको निर्देशन सुरेन्द्र बसेलले गरेका हुन् । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा नबिन निरौलाको सम्पादन रहेको छ ।