‘फोहर व्यवस्थापनमा समस्या हुँदैन’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बर्सातका कारण विगतका वर्षमा जस्तो उपत्यकामा यस वर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ।
विगतमा वर्षातको समय सुरु भएसँगै फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको थियो । विगतमा समस्या भएका अधिकांश स्थानमा सडक मर्मत भइसकेको र बाँकी रहेका केही स्थानमा पनि काम भइरहेकाले अघिल्ला वर्षमा जस्तो समस्या नहुने कामपा वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिए।
प्रमुख राईका अनुसार फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने बाटोसम्बन्धी चुनौती हटेकाले आगामी दिनमा समस्या नहुने बताए। उनले भने, “सिसडोलमा यस वर्ष फोहोर व्यवस्थापनमा समस्या हुँदैन ।”
राईका अनुसार तीनपिप्लेदेखि सिसडोलसम्म पर्खाल निर्माण गरिएकाले नियमित पानी परे पनि समस्या हुँदैन। वि.सं. २०६८ मा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा कामपाले जारिगरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि फोहोर स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने कानुनी व्यवस्था रहेकाले अब सोही व्यवस्थाअनुरूप अघि बढ्ने पनि कामपाको तयारी छ।
बञ्चरेडाँडामा लागिने फोहोरको मात्रा कम र वैज्ञानिक व्यवस्थापन गर्नका लागि कामपाले ३२ वटा वडालाई सात क्षेत्रमा विभाजन गरेको व्यवस्थापन गरेको छ। प्रविधि प्रयोगमार्फत फोहोरमैलाको उचित व्यवस्थापन गर्ने कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सार्वजनिक गरेकाे नीतिमा उल्लेख छ।
कामपाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमा पनि फोहोरमैला व्यवस्थापनको सवाललाई विशेष प्राथमिकतामा राखेको छ। यसका लागि कामपाले फोहरमैला व्यवस्थापन सेवा शुल्कलाई प्रदूषकले तिर्ने सिद्धान्तअनुरूप एकद्वार प्रणालीमार्फत सङ्कलन गर्ने व्यवस्था मिलाउने भएको छ।
उपत्यकाको अन्तिम फोहर व्यवस्थापन स्थल बन्चरेडाँडा ल्यान्डफिल साइटमा मेकानाइज्ड मेटरियल रिकभरी फ्यासिलिटी सञ्चालन गरी फोहोरको वैज्ञानिक व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा स्पष्ट उल्लेख छ।
‘स्थानान्तरण केन्द्रबाट निष्कासित न्यून फोहोरलाई बन्चरेडाँडा ल्यान्डफिल साइटमा मेकानाइज्ड मेटरियल रिकभरी फ्यासिलिटी सञ्चालन गरी फोहोरको वैज्ञानिक व्यवस्थापन गरिने कामपाको तयारी छ।
बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोरमैला विसर्जन गर्ने प्रत्येक स्थानीय तहबाट फोहोर परिमाण र प्रकृतिका आधारमा वित्तीय साझेदारी गर्न पहल गर्ने नीतिमार्फत स्पष्ट रुपमा घोषणा गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनबाट अपहरणमा परेका बालकको काठमाडौँमा सकुशल उद्धार, संलग्न ५ जना भारतीय पक्राउ
-
सङ्घीय बजेट बेलुन फुलेजस्तो, प्रदेश बजेट चाहिँ कस्तो ?
-
सडक निर्माण भ्रष्टाचार मुद्दामा निर्माण व्यवसायीसहित चार जनाले पाए सफाइ
-
विश्वविद्यालयका उपकुलपति उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता असार १३ देखि १५ गतेसम्म
-
नेकपा कोशी प्रदेशको कार्य विभाजन टुङ्गियाे, जिल्ला र विभागहरूमा जिम्मेवारी बाँडफाँड
-
के हो ई-पासपोर्ट छपाई प्रकरण, किन पक्राउ परे राहदानी विभागका महानिर्देशक ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण