गोडैता नगरपालिकाका वडाध्यक्ष पक्राउ
मङ्गलबार, ०२ असार २०८३, १६ : ५०
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–५ रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तीन दिनअघि सर्लाही जिल्ला अदालतको फैसला कार्यान्वयन गर्न पुगेको अदालत तथा प्रहरी टोलीमाथि भएको अवरोध र आक्रमण घटनासँग सम्बन्धित उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रसाद गौतमका अनुसार घटनामा संलग्न भएको भन्दै वडाध्यक्ष गुप्ताविरुद्ध उजुरी परेपछि सोमबार साँझ उनलाई नियन्त्रणमा लिइएको हो । हाल उनलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभागका महानिर्देशक र निर्देशकलाई ४ दिन थुनामा राख्न अनुमति
-
नेतान्याहुको हालतः तेल पानी एकै ठाउँ, पिना बाहिर
-
यी मान्छेले खानै हुन्न मेवा
-
लुम्बिनीमा प्रहरीको विशेष अभियान : सामुदायिक वन तथा ओढारबाट २० थान भरुवा बन्दुक बरामद
-
११ वर्षअघि ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ
-
काठमाडौँ मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फुड फेस्टिभल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण