हेलिकोप्टरमार्फत सुत्केरी महिलाको उद्धार
बुधबार, १६ पुस २०७६, २१ : २५
रुकुम । सुत्केरी व्यथा लगेकी रुकुम (पूर्व)की एक महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथाबाट ज्यान जोखिममा परेकी रुकुम (पूर्व) पुथाउत्तरगङ्गा गाउँपालिका–५ गरेकी २६ वर्षीया लीलामती विकको बुधबार हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
हेलिकोप्टरमार्फत विकलाई नेपालगञ्ज लगिएको रुकुम ९पूर्व०का प्रजिअ मोहनप्रसाद अर्यालले जानकारी दिए ।
४८ घण्टाअगाडि सुत्केरी व्यथा शुरु भए पनि आजसम्म बच्चा जन्मिन नसकेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको प्रजिअ अर्यालले बताए ।
विकलाई सुत्केरी व्यथा लागेपछि स्थानीय स्वास्थ्यचौकीमा लगिएको तर त्यहाँका स्वास्थ्यकर्मीले यो बच्चा निकाल्न जिल्लामा असम्भव हुने बताएपछि विकलाई नेपालगञ्ज रिफर गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण