मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
सारांश
- आन्दोलनरत मिटरब्याज पीडितका प्रतिनिधि र सरकारी वार्ता टोलीबिच झण्डै ६ घण्टादेखिको वार्ता जारी छ ।
- पीडित पक्षका मागमा सहमति जुटाएर सम्झौता पत्रमा हस्ताक्षर गर्ने गरी वार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
- सिमरामा गृहमन्त्री सुधन गुरुङ र पीडित प्रतिनिधिबिच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारी भएको सरकारी पक्षले जानकारी दिएको छ ।
काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडितका प्रतिनिधि र सरकारी वार्ता टोलीबिच झण्डै ६ घण्टादेखिको वार्ता जारी छ ।
पीडित पक्षका मागमा सहमति जुटाएर सम्झौता पत्रमा हस्ताक्षर गर्ने गरी वार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी वार्तामा सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरेका छन् भने गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्र प्रसाद दुलाल सदस्यका रूपमा सहभागी छन् ।
मिटरब्याज पीडित पक्षको तर्फबाट वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरिरहेका छन्। पीडितका पक्षबाट अन्य सदस्यहरूमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार र कैलालीका निर्गराज जैसी सहभागी छन्।
सिमरामा गृहमन्त्री सुधन गुरुङ र पीडित प्रतिनिधिबिच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारी भएको सरकारी पक्षले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु
-
मोरङमा टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु
-
नेपाल ‘यू–१९ महिला एसिया कप’ का लागि छनोट
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण