उत्पादनका साधनहरुमाथि सबैको पहुँच समान हुनुपर्छ: अर्थमन्त्री खतिवडा
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले समावेशी आर्थिक विकासका लागि उत्पादनका साधनहरुमाथि सबैको पहँुच समान हुनुपर्ने बताएका छन् । भूमी, पूँजी र प्रविधिको वितरणमा समान पहुँच नभए मुलुकमा आर्थिक विकास सम्भव नभएको र त्यसका लागि संघीयता कार्यान्यवनमा आएको स्पस्ट पारेका हुन् ।
मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति र जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च,नेपालले आयोजना गरेको ‘समावेशी विकास र समृद्ध नेपाल’ कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले संघीय संरचनाको माध्यमबाट समावेशी विकासको परिकल्पना गरिएकाले वित्तीय समावेसीकरणमा सरकारले ध्यान दिएको बताए ।
उनले गाउँगाउँमा समतामूलक विकासका लागि स्थानीय तहले बजेट विनियोजन गर्ने र समान रुपले विकास हुने बताए । त्यसका लागि सरकारले उत्पादनका साधान र श्रोतको समान वितरणमा जोड दिएको बताए । आर्थिक विकास समावेशी हुनका लागि आर्थिक वृद्धि समावेशी हुनुपर्ने र आर्थिक वृद्धि समावेशी बनाउनका लागि उत्पादनका साधनमाथि समावेशी पहुँचको सुनिश्चितता हुनुपर्नेमा मन्त्री खतिवडाको जोड थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डा.स्वर्णीम वाग्लेले समावेशी आर्थिक विकासका लागि विदेशी सहयोगहरु बाधक बन्न सक्ने बताए । उनले नेपालको राजनीतिक क्षेत्रसँगसँगै आर्थिक, मौद्रिक तथा जलवायु लगायतको विकासमा पनि विदेशी मुलुकसँग समन्वयन गर्नुपर्ने अवस्था रहेको बताउँदै उत्पादनका साधनमाथि हस्तक्षेप भइरहेको तर्फ संकेत गरे ।
नेपालको मौद्रीक प्रणाली पनि आयातीत रहेको र यसले आर्थिक विकासमा बाधा पु¥याएको उनको भनाई थियो । अर्थविद् वाग्लेले यस्ता विषयको प्रयोग उचित तरिकाले हुन नसके समावेशी आर्थिक विकासमा धक्का दिन सक्ने बताए ।
कार्यक्रममा ‘नेपाल २०३०ः लक्ष्य, प्रवृत्ति, साधन र जोखिम’, ‘समावेशी विकास र समृद्धि, राज्यको नीति, संकलप र वर्तमान अवस्था’ र ‘महिला र समावेशी विकास’ लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवरात्रको आज तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
-
एक सातादेखि अवरुद्ध बुद्धसिंह मार्गमा पहिरा पन्छाइँदै
-
महिला टी–२० विश्वकप : न्यूजिल्याण्डसँग भारत ५८ रनले पराजित
-
विदेशी मुद्राको विनिमय दर : कुनको मूल्य कति ?
-
पीडित भन्छन : 'प्राथमिकताका आधारमा राहत वितरण गर्नुपर्छ'
-
जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारीलाई कारबाही