रवि ओडको नयाँ गीतमा बर्षा राउतको आकर्षक रूप
काठमाडौँ । नेपाल आइडल रवि ओडको प्रतिक्षित गीत ‘भयो हतार’ म्युजिक भिडियोसहित युट्युबबाट सार्वजनिक गरिएको छ । सुदुर पश्चिमलाई प्रतिनिधित्व गर्ने गायक रवि ओड नेपाल आइडल २ जितेर चर्चामा आएका हुन् ।
गीत अहिलेको बजार सापेक्षिक रहेकाले दर्शक श्रोताहरूले मन पराउने र चल्ने विश्वास रविले लिएका छन् । डान्सिङ प्याटर्नको यस युगल गीतमा उनलाई गायिका बिना भट्टराईले साथ दिएकी छन् ।
बेलायतमा बसेर गीत गजल लेखनमा सक्रिय नृपेश उप्रेतीको शब्द रहेको यस गीतका संगीतकार रवि मल्ल हुन् भने संगीत संयोजन दिक्षित पौडेलले गरेका हुन ।
सार्वजनिक गीतमा ‘वर्षा राउत’लाई मोडल श्रवण न्यौपानेको साथमा आधुनिक र परम्परागत पहिरनमा निकै आकर्षक रूपमा प्रस्तुत गरिएको छ । ‘भयो हतार’को म्युजिक भिडियोलाई राम्रो र भव्य बनाउन निकै मेहनत गरिएको देखिन्छ ।
शक्ति प्रज्वल घिमिरेले निर्देशनमा बनेको भिडियोलाई चर्चित छाँयाकार उत्सव दाहालले खिचेका हुन् भने स्वयं निर्देशक घिमिरेले सम्पादन पनि गरेका हुन ।
यस भिडियोका नृत्य निर्देशक प्रविण थापा हुन् । खुसी इन्टरटेनमेन्टको प्रस्तुति ‘भयो हतार’ लाई व्हाइट मिडियाले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण