आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उपप्रधानमन्त्री पोखरेल सवार हेलिकप्टर पाल्पाको तानसेनमा आकष्मिक अवतरण

शुक्रबार, २५ पुस २०७६, १९ : ४३
शुक्रबार, २५ पुस २०७६

काठमाडौं । मौसमका खराबीका कारण उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सवार सेनाको हेलिकप्टर पाल्पाको तानसेनमा आकष्मिक अवतरण गरिएको छ ।

उपप्रधानमन्त्री पोखरेल काठमाडौँबाट रुपन्देहीको एक कार्यक्रममा जाने क्रममा मैसममा खराबी आएपछि पाल्पाको तानसेनमा हेलिकप्टर आकष्मिक अवतरण गरिएको हो ।

शुक्रबार अपराह्न ५ः३० बजे पोखरेल सवार हेलिकप्टर तानसेनमा अवतरण भएको पाल्पाका नायब सुब्बा लक्ष्मण घिमिरले रातोपाटीलाई जानकारी दिए । उनका अनुसारका मन्त्री पोखरेल तानसेनबाट गाडी चढेर रुपन्देही गएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप