आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

गोरखामा एनसेल टावरमा आगजनी

शनिबार, २६ पुस २०७६, १२ : ५३
शनिबार, २६ पुस २०७६

काठमाडौँ । गोरखाको शहिद लखन गाउँपालिका–१ बक्राङमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेका छन् ।

शुक्रबार राती एनसेल टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले बताए । 

टावरमा आगजनी हुँदा तारलगायत सामान जलेर नष्ट भएको एसपी अधिकारीले बताए । एसपी अधिकारीका अनुसार टावरमा आगजनी गर्ने समूहको खोजी भइरहेको छ।

घटनामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह संलग्न रहेको अनुमान गरेपनि पुष्टि हुनसकेको छैन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप