माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइँदै
काठमाडौं । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ २२औँ भूकम्प सुरक्षा दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस, २०७६ प्रचारप्रसार उपसमितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मूल कार्यक्रम भक्तपुर दरबार क्षेत्रमा आयोजना गरिने जानकारी दिइयो ।
मूल समारोहको कार्यक्रमअन्तर्गत भक्तपुरमा जनचेतनामूलक दुईवटा र्याली हुने प्रचारप्रसार उपसमिति संयोजक एवं शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले बताए । पहिलो र्याली लामगाल पुखु, नवदुर्गा, गछेँ सकोलान् दत्तात्रय, इनाचो गोल्मढी, सुकुलढोका, त्रिपुरासुन्दरी हुँदै भक्तपुर दरबारक्षेत्रमा पुग्नेछ ।
यसैगरी दोस्रो र्याली भाज्या पुखु इनागा भार्वाचो, टेखापुखु, वंशगोपाल, तालाक्व, टौमढी, क्वोछेँ, साकोठा हुँदै भक्तपुर दरबार क्षेत्र पुगेर मूलसमारोहको कार्यक्रममा सहभागी हुनेछ ।
विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजेको भूकम्पको सम्झनामा २०५५ सालदेखि सुरक्षा दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा पुस १५ देखि माघ १५ गतेसम्म नै विभिन्न कार्यक्रमको आयोजना गरी चेतना जगाइने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ : एम्बाप्पे चम्किँदा स्वीडेनमाथि फ्रान्सको सानदार जित
-
गण्डकीमा गौरवका आयोजना निर्माणमा ढिलाइ
-
बागलुङमा कुकुरलाई ‘होस्टेल’
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण