सम्झौतापछि त्रिपोलीको विमानस्थल पुनः सञ्चालनमा
एजेन्सी । गत हप्तादेखि अबरूद्ध रहँदै आएको लिबियाली राजधानी त्रिपोलीस्थित विमानस्थल सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । शक्तिशाली खलीफा हफ्तरको सेनाले त्रिपोली नियन्त्रणको लागि नौ महिना संघर्ष गरेपछि सम्झौता भएको हो ।
लिबियाको राष्ट्रिय ध्वजावाहक विमानले सोमबारदेखि नै त्रिपोली–मिटिगा आवतजावतका लागि उडान सञ्चालन गरिसकेको छ भने अन्य निजी कम्पनीहरूले पनि आफ्ना सेवालाई सञ्चालनमा ल्याएको बताए ।
लिवियाली शक्तिशाली सैनिक खलीफा हफ्तरको सेनाले राष्ट्रसंघद्वारा मान्यताप्राप्त राष्ट्रिय सहमतिको सरकारको राजधानी कब्जा गर्ने लक्षसहित त्रिपोली र वरपरका क्षेत्रमा गतिविधि बढाएपछि त्रिपोलीको विमानस्थल एक हप्तादेखि अवरूद्ध थियो भने गत अप्रिलपछि विद्रोहीले आक्रमण तीब्र बनाएपछि देशको अर्को प्रमुख मिटिगा विमानस्थल सञ्चालनमा कठिनाई भएको थियो । विमानहरूमा विद्रोहीको हवाई आक्रमण र रकेट हमलाको प्रभाव पर्ने भन्दै उक्त विमानस्थलमा लामो समयदेखि सेवा अवरूद्ध थियो ।
गत हप्ता विद्रोहीले नविकृत आक्रमणहरूसहित त्रिपोलीतर्फ बढेपछि अन्ततः राजधानी त्रिपोली जोड्ने विमान सेवा पनि बन्द भएका थिए ।
लिवियामा लामो समय शासन गरेका तानाशाह मोहमर गद्दाफीलाई सन् २०११ को जनविद्रोहपछि पदच्युत गरी हत्या गरिएको थियो । गद्दाफीको मृत्युपछि युद्धको लिवियामा युद्धको अन्त्य हुने आशा गरिएको भएपनि त्यसो हुनसकेन । फलतः रूसी मध्यस्थतामा सरकार र विद्रोही समूहले युद्धविराम गरी सोमबार वार्तामा बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण