डोटी अस्पताललाई सुविधा सम्पन्न बनाइनेछ: मुख्यमन्त्री भट्ट
बुधबार, ०१ माघ २०७६, १३ : १०
डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्ला अस्पताल डोटीलाई सुदूरपश्चिमको सुविधा सम्पन्न अस्पताल बनाइने जानकारी दिएका छन् । जिल्ला अस्पताल डोटीको आज निरीक्षण भ्रमण गर्दै उनले जिल्ला अस्पतालमा नयाँ उपकरणको विस्तार गरी सुविधा सम्पन्न बनाउने प्रदेश सरकारको तयारी रहेको बताए ।
सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जिल्ला अस्पताल चिकित्सक दरबन्दी थप गर्ने जानकारी दिए । पछिल्लो समयमा स्वास्थ्य संस्थाहरुमा कूल दरबन्दीको १३ प्रतिशत अभाव रहेका छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लाका नौ स्थानीय तहका ५९ स्वास्थ्य संस्थामा कूल ३०८ दरबन्दीमध्ये हाल २६७ मात्रै पदपूर्ति रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण