भोजपुरमा एमसीसीको विरोध गर्ने तीनजना पक्राउ
भोजपुर । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । एमसीसीको विरोध गरेको भन्दै भोजपुर नगरपालिका देउरालीका भीम राई, विदुर राई र नगेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
तीनै जनालाई माघ २ गते साँझ भोजपुरको देउराली चोकबाट प्रहरीले गिरफ्तार गर्न खोजेको थियो । तर, स्थानीयले प्रतिकार गरेपछि प्रहरी फर्किए पनि सोही राती उनीहरुलाई घरैमा सुतिरहेको बेला पक्राउ गरेको हो ।
स्थानीयले जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी नरबहादुर सलामी मगरलाई शान्तिपूर्ण प्रदर्शन गर्न दिन अनुरोध गरेका थिए । तर, उनले एमसीसीको विरोधमा उत्रिनेलाई थुन्नुपर्ने भन्दै पक्राउ गरिएको बताए ।
पक्राउ परेकाहरुले सदरमुकाम नजिकै देउराली चोकमा ‘नो एमसीसी’ लेखिएको ब्यानर टाँगेर विरोध गरेका थिए । पक्राउ परेकाहरुले प्रहरीलाई समेत गालीगलौज र अभद्र व्यवहार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण