तेस्रोलिंगीको बलात्कारपछि हत्या
हेटौंडाकी तेस्रोलिंगी अजिता भुजेलको बलात्कारपछि हत्या भएको बताइएको छ ।
शनिबार हेटौंडा–५ क्याप्पा डाँडामा मृत भेटिएकी अजिताको बलात्कारपछि हत्या भएको तेस्रोलिंगी अधिकारकर्मी सूरजकिरण थापाले दावी गरेका छन् । लैंगिक अल्पसंख्यक अधिकारका लागि काम गर्दै आएकी भुजेलको शव वीभत्स अवस्थामा फेला परेको थियो ।
भुजेलको घटना रहस्यमय रहेकाले गहिरो अनुसन्धानका लागि शवको विस्तृत जाँच गर्न त्रिवि शिक्षण अस्पताल शनिबार नै ल्याइएको छ । अधिकारकर्मी थापाका अनुसार भुजेल नग्न अवस्थामा भेटिएकोले बलात्कार भएको हुनसक्ने अस्पतालका चिकित्सकले बताएका छन् ।
हेटौंडा–११, नवलपुरकी २९ वर्षकी तेस्रोलिंली अजिताको शवको शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमपछि नवलपुरमा सोमबार दाहसंस्कार गरिएको छ ।
पोस्टमार्टममा अजिताको घाँटीमा निलडाम, टाउकोमा चोट देखिएको चिकित्सकले बताएको अजिताका फुपाजू देवबहादुर थापाले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण