राष्ट्रिय आविष्कार केन्द्र र धुर्मुस सुन्तली फाउण्डेसनलाई मेगाड्रिम सहकारीको आर्थिक सहयो
काठमाडौं । बालाजु माछापोखरीमा रहेको मेगाड्रिम बहुउद्देश्यीय सहकारीले राष्ट्रिय आविष्कार केन्द्र र धुर्मुस सुन्तिली फाउण्डेसनलाई सहयोग गरेको छ । संस्थाको दशौं स्थापना दिवसको अवसर पारेर दुईवटै संस्थालाई ५५ हजार ५ सय ५५ रुपैंयाका दरले सहयोग गरेको हो ।
संस्थाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक, नेपाली वैज्ञानिक तथा एसियाको नोवेल पुरस्कारले चिनिने रोमन मेग्सथ्सयका विजेता महावीर पूनलाई र धुर्मुस सुन्तिली फाउण्डेसनका सचिव पुरुषोत्तम हुमागाईलाई कार्यक्रमका प्रमुख अतिथि स्थानिय विकास राज्यमन्त्री राजवीर श्रेष्ठले चेक हस्तान्तरण गरका थिए ।
कार्यक्रममा सहकारी क्षेत्रमा योगदान गरेकोमा केशवबहादुर थापा लगाएत विभिन्न ब्यक्तीहरु साथै सप्ताहब्यापी रुपमा संस्थाले संचालन गरेका कार्यक्रममा उत्कृष्ठ हुनेहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो ।
साताव्यापी कार्यक्रम अन्तर्गत संस्थाका सेवाकेन्द्रहरुको संयोजनमा विभिन्न स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रत्तदानमा एक सय जनाले रक्तदान गरेको संस्थाका प्रबन्ध सञ्चालक महाशंकर रेग्मीले जानकारी दिए । यसका साथै संस्थाले अन्तर सेवाकेन्द्र फूटसल प्रतियोगिता संचालन गरेको प्रबन्ध सञ्चालक रेग्मीले जानकारी दिए ।
संस्थाका अध्यक्ष उमाकान्त न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सचिव माधव तिमल्सिना, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ्ग लगायत अतिथिहरुले शुभकामना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण