पारिवारिक लेनदेनको विवादमा पेट्रोल छर्केर श्रीमानले जिउँदै जलाए श्रीमती
सिराहाको औरी गाउँपालिका–२ मा श्रीमान्ले श्रीमतीलाई पेट्रोल छर्केर जिउँदै आगो लगाएका छन् । पारिवारिक लेनदेनको विषयमा विवाद हुँदा २१ वर्षीया अनिताकुमारी यादवलाई श्रीमान् विनोद यादवले शुक्रबार साँझ पेट्रोल छर्केर आगो लगाइदिएका हुन् ।
घाइते अनितालाई छिमेकीको सहयोगमा उपचारका लागि परिवारले विराटनगरस्थित म्याक्स अस्पताल पु¥याएका थिए, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई आइतबार बिहान ३ बजे राजधानीको कीर्तिपुर अस्पताल ल्याइएको थियो । तर, अस्पताल पु¥याउँदा नै उनको मृत्यु भइसकेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी उमाप्रसाद चतुर्वेदीले खाना बनाउँदै गर्दा श्रीमान् र श्रीमतीबीच पारिवारिक लेनदेनको विषयमा विवाद भएको र सोही क्रममा विनोदले अनितालाई पेट्रोल छर्किंदा चुल्होबाट आगो सल्किएको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पाको बाढीमा परेर गम्भीर घाइते भएका विकलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो
-
ई–पेन्सनमा कर्मचारीहरूको आकर्षण, अहिलेसम्म ५१७ जनाले दिए आवेदन
-
लगातार ३४ खेलमा अपराजित मोरक्को : किन मानिन्छ विश्वकपको बलियो दाबेदार ?
-
आगामी मौद्रिक नीति अर्थतन्त्रलाई स्थिर बनाउने गरी आउनुपर्छ : पूर्वगभर्नर क्षेत्री
-
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
-
चीन–रुसद्वारा संयुक्त नौ सैनिक अभ्यास र सामुद्रिक गस्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण