पार्टी कार्यालयमै रहेको देउवा र पौडेलको कार्यकक्षमा ‘गुट’ को बैठक
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्न ढिलाइ भएको छ । पार्टी कार्यालय सानेपामा सोमबार १ बजेको लागि बैठक बोलाइएको भएपनि बस्न ढिलाइ भएको हो ।
अहिले अधिकांश केन्द्रीय समिति सदस्यहरु बैठकमा सहभागी हुन सानेपा पुगिसकेका छन् । तर सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूह पार्टी कार्यालयमै रहेको आफ्नो कार्यकक्षमा आन्तरिक परामर्शमा व्यस्त छन् ।
बैठकमा शुक्रबार शीर्ष नेताहरुबीच भएको सहमति अनुसार एजेण्डा तय गरिएको भएपनि बैठकमा आ–आफ्नो रणनीति तय गर्न दुबै पक्ष आन्तरिक छलफलमा जुटेका हुन् ।
सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार शीर्ष नेताहरुबीच भएको छलफलमा महाधिवेशन तोकिएकै समयमा गर्ने र तल्ला तहको अधिवेशनको मिति केही हेरफेर गर्ने सहमति भएको छ ।
नेताहरुबीच सभापति देउवाको प्रस्तावमा बढाइएका विभागहरुका विषयमा पनि सहमति जुटेको छ ।
गत पुस ११ मा केन्द्रीय समिति बैठकले बहुमतका आधारमा गरेको निर्णय अनुसार काँग्रेसभित्र ४७ वटा विभाग राख्ने निर्णय यथावत् रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको अन्तिम १६ बाट बाहिरिएसँगै नेयमारले गरे संन्यासको घोषणा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
अन्तरजातीय विवाह गरेका २५ जोडी नगदसहित सम्मानित
-
नौबिसे–मलेखु सडक विस्तारको भौतिक प्रगति ६० प्रतिशत
-
चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा
-
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण