अत्यधिक चिन्ता नगर्नुहोस्, यसले हाम्रो ऊर्जा समाप्त गरिदिन्छ
कुन कुन काम धर्म अनुसार सही छ र कस्ता काम गर्नबाट मानिस बच्नुपर्छ भनेर ग्रन्थमा हामीलाई कथामार्फत् बताइएको हुन्छ । यस्तै एउटा ग्रन्थ छ, गरुड पुराण । उक्त पुराणमा पनि जीवनलाई सुखी र सफल बनाउने सूत्र बताइएको छ जुन पालना गर्दा हाम्रा विभिन्न समस्या हट्न सक्छ । गरुड पुराणको आचारकान्डमा यस्ता केही गलत काम बारे जानकारी दिइएको छ जसका कारण जीवन दुःखी हुने गर्छ ।
– अत्यधिक चिन्ताबाट बच्नुहोस्ः
जो व्यक्ति अत्यधिक चिन्ता गर्छन् उनीहरुले सबै काममा बाधा व्यवहोर्नुपर्छ । अत्यधिक चिन्ता गर्दा अनुहारको चमक र ऊर्जा समाप्त हुन्छ । यस्तो स्थितीमा काम गर्दा पनि सफलता हासिल गर्न सकिन्नँ ।
– अपरिचित भयबाट बच्नुहोस्ः
जुन व्यक्तिमा असुरक्षाको भावना हुन्छ, उनीहरु कुनै पनि काम पूर्ण शक्ति प्रयोग गरेर गर्न सक्दैनन् । यस्तो स्थितीमा सफलता अझै टाढा हुने गर्छ । यस्तो डरले निद्रा कम लाग्न थाल्छ भने स्वास्थ्य कमजोर हुन थाल्छ । यसबाट बच्नुपर्छ ।
– ईर्ष्याबाट बच्नुहोस्ः
धेरै मानिसहरु आफ्ना साथीको इर्ष्या गर्छन् र उनीहरु सफल, सुखी भएको देखेर दुःखी हुन्छन् । यदि हाम्रो पनि यस्तो बानी छ भने यसले हाम्रो जीवनबाट सुख खोस्ने गर्छ । इर्ष्या गर्दा चिन्ता बढ्छ । चिन्ता गर्दा दुःख बढ्छ ।
– क्रोध नगर्नुहोस्ः
क्रोधलाई हाम्रो सबैभन्दा ठूलो शत्रु मानिएको छ । क्रोधमा भनिएको कुराले सम्बन्ध खराब हुन्छ भने स्वास्थ्यमा पनि नकारात्मक असर पर्छ । यस्तो बानीका कारण बनिसकेको काम पनि बिग्रने गर्छ ।
– अल्छी नगर्नुहोस्ः
यदि जीवनमा सुख र सफलता चाहनुहुन्छ भने अल्छी हुनबाट बच्नुहोस् । कुनै पनि काममा अल्छी नगर्नुहोस् । शरीरलाई लामो समयसम्म स्वस्थ राख्नका लागि हरेक दिन बिहान चाँडै उठ्नुहोस् र केही शारीरिक मेहनत वा योग गर्नुहोस् ।
– गलत कुरा नसोच्नुहोस्ः
जो व्यक्ति सधैं गलत कुरामा अर्थात् अपवित्र विचारमा उल्झिएका हुन्छन्, उनीहरुको जीवनमा सधैं अशान्तिले डेरा जमाएको हुन्छ । यी मानिसहरु गलत विचारका कारण कसैलाई पनि सम्मान दिँदैनन् । नकारात्मक विचारका कारण सधैं दुःखी रहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इराकका सहरहरुमा खामेनीप्रति श्रद्धाञ्जली, अन्त्येष्टि यात्रामा हजारौँ सहभागी
-
ट्रम्पको चेतावनीः आवश्यक परे आज राति फेरि इरानमा कडा आक्रमण हुन सक्छ
-
राहदानी सेवा दुई दिन बन्द हुने
-
‘विगतमा मौद्रिक नीतिले बाटो बिराएको थियो, अहिले सही ट्रयाकमा फर्कियो’
-
बल्खु क्षेत्रमा यात्रुलाई जबरजस्ती गाडीमा हाल्ने १७ जना पक्राउ
-
विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरूद्ध उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण