बजेटको अर्धवार्षिक समीक्षा माघभित्रै, छिटो खर्च गर्न निर्देशन
काठमाडौं । अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षाको तयारी थालेको छ । आर्थिक वर्षको पहिलो ६ महिना सकिएको दुई सातापछि मन्त्रालयले अर्धवार्षिक समीक्षाको तयारी थालेको हो ।
मन्त्रालयले राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकसहित आफ्ना सबै महाशाखा, विभाग र नियमनकारी निकायहरुका प्रमुखहरुलाई आ–आफ्नो निकायको हालसम्मको प्रगति, चालु आर्थिक वर्षमा हुनसक्ने प्रगति र समीक्षामार्फत् हुनुपर्ने संशोधनको बारेका छलफल गरेको मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए ।
‘हामीले सबै निकायहरुलाई ६ महिनाको प्रगति र खर्चको अवस्था र आगामी छ महिनामा हुनसक्ने प्रगतिबारे तथ्यांकहरु संकलन गरिरहेका छौं । मन्त्रीज्यूले आफू मातहतका निकायहरुलाई बोलाएर अर्थतन्त्र र मौद्रिक क्षेत्रको अवस्थाबारे पनि ब्रिफिङ लिनुभएको छ, अब केही दिनमै अर्धवार्षिक समीक्षा हुन्छ’ खत्रीले भने – ‘२० गतेसम्म पनि हुनसक्छ, ढिलामा यो महिनाको अन्त्यसम्ममा हुन्छ तर फागुन लाग्दैन ।’
अघिल्ला वर्षहरुमा मन्त्रालयले फागुनको अन्त्यतिर मात्रै मध्यावधि समीक्षा सार्वजनिक गर्दै आएको थियो । यो वर्ष भने एक महिनाभित्रै समीक्षा सार्वजनिक गर्नेगरी मन्त्रालय अघि बढेको हो ।
आर्थिक वर्षको पहिलो ६ महिनासम्म सरकारी खर्चको अवस्था २५.८ प्रतिशत मात्रै छ । जबकी यो समयमा ३५ प्रतिशतको खर्च लक्ष्य लिइएको थियो । फागुनसम्म भने सरकारले ५० प्रतिशत खर्च गर्ने लक्ष्य लिएको छ ।
छलफलमा अर्थमन्त्री खतिवडाले ८ महिनामा ५० प्रतिशत खर्च गर्न प्रधानमन्त्रीले निर्देशन दिएको भन्दै त्यसका लागि आवश्यक व्यवस्था गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण