काठमाडौँको रानीवनमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
शनिबार, १८ माघ २०७६, १३ : ००
काठमाडौँको नागार्जुन नगरपालिका–१ रानीवनमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–१ स्थित सडकमा शुक्रबार साँझ बा१ख ६६४५ नंको बसले बा ८५ प १४९३ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धादिङकी ४८ वर्षीय लीला घलेको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा स्कुटर चालककी २६ वर्षीय छोरी प्रमिला घले गम्भीर घाइते भएकी छन् । गम्भीर घाइते घलेको मनमोहन अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण