लघुकथा – सहरमा छाउपडी
उनी सामाजिक अभियन्ता थिइन् । हाम्रो मन मिल्यो । बिहे भयो । उनी प्रायः बाहिर हुन्थिन् । म अफिसमा बिजी हुन्थे । बुढाबुढीको भेटघाट साँझमा मात्र हुन्थ्यो । जिल्ला बाहिर खटिँदा महिनौँ भेट हुँदैनथ्यो ।
पुस महिनादेखि नेपाल सरकारले छाउगोठ भत्काउने कार्य सुरु गर्न थाल्यो । उनको संस्था पनि सहकार्यका लागि सुदूरपश्चिमतिर लाग्यो । हाम्रो फोनमा कुरा भइरहन्थ्यो । स्थानीय प्रतिनिधि, प्रहरी र संस्थाहरुको सहयोगमा छाउगोठ भत्काउने कार्य सुरु भयो । रुढीवादी परम्पराले जगडेको ठाउँमा काम गर्न गाह्रो हुने रहेछ । स्थानीयलाई बुझाउन साह्रै गाह्रो छ भन्थिन् ।
छाउपडी प्रथाका बारेमा उनले फोनमा लामै कुरा गर्थिन् । बेलाबेलामा छाउगोठका पुराना घटनाहरु सुनाउथिन् । त्यहाँका चेलीहरुले कैयौँ अँध्यारा रात छाउगोठमा एक्लै बिताएका कुरा सुन्दा आङ नै सिरिङ्ग हुन्थ्यो । अहिलेसम्म धेरैको छाउगोठमा मृत्यु भइसकेको रहेछ । कतिलाई सर्पले डस्ने रहेछ । कतिलाई जङ्गली जीवले आक्रमण गर्नेरहेछन् । कति चिसोले कठ्याङ्ग्रिने रहेछन् । परम्परा आफैले बसाल्ने हो । नराम्रो छ भने त्याग्ने हो । राम्रो छ भने अनुशरण गर्ने हो । त्यति भइसक्दा पनि हामीले किन चेत्न नसकेका ? आफैलाई साह्रो नरमाइलो लाग्यो ।
बीस दिनपछि उनी घर फर्किन् । म भर्खर अफिसबाट आएको थिएँ । उनले चिया बनाउन आग्रह गरिन् । अफिसको कामले थाकेको भन्दै उनलाई नै बनाउन अनुरोध गरेँ । उनी आवाजलाई उचाइ दिदै बोलिन्– ‘म मिन्स भा’छु । अबको पाँच दिन तिमीले नै बनाउने हो । म किचनमा छिर्दिन ।’
म केही बोल्नै सकिनँ । ट्वाँ परेर उनको अनुहारमा हेरिरहेँ ।
–बलबहादुर थापा मगर
बागलुङ नगरपालिका– १०, भकुण्डे, अर्भक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ गतेसम्म आवेदन दिन सकिने
-
ट्रम्पद्वारा इरानको बन्दरगाहमा नाकाबन्दी, अर्को साता विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ?
-
बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली
-
पछिल्ला वर्षमा कानुन निर्माणको गति सुस्त भयो
-
बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण