चीनमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश ल्याउने सरकारको निर्णय
काठमाडौं । चीनमा रहेका नेपाली नागरिकलाई फागुण ३ गते स्वदेश ल्याइने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले चीनमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश ल्याउने निर्णय गरेको हो ।
नोबेल कोरोना भाइरसको संक्रमण विश्वभर महामारीको रुपमा फैलन थालेपछि चीनमा रहेका आफ्ना नागरिकलाई फागुन ३ गते स्वदेश ल्याउने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । पहिलो चरण १ सय ८५ जनालाई स्वदेश ल्याइने समेत मन्त्री बास्कोटाले जानकारी दिए ।
स्वदेश ल्याइएका उनीहरुलाई भुक्तपुरस्थित खरिपाटीमा राख्नका लागि १ सय ९९ वटा ‘क्यारेन्टाइन’ रुमको व्यवस्थापन समेत भएको छ । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मगंलबार सांसदहरुको प्रश्नको जवाफमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चीनबाट नेपाली नागरिकलाई छिटै नेपाल ल्याइने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण