फागुन १६ मा हलमा ‘धुलो’
काठमाडौं । समाजिक विषयमा निर्माण गरिएको फिल्म ‘धुलो’ १६ फागुनबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरेको हो । प्रद्युम्न मिश्रको निर्देशनमा बनेको फिल्म रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवन शैलीलाई प्रस्तुत गरिएको छ ।
बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बालकलाकार सुदीप कार्की मुख्य भूमिका रहेको छ । नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवा विशेष भूमिकामा रहेको निर्माण पक्षले जनाएको छ ।
सिके वाग्लेको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल तथा सह निर्मातामा दीपा धरेल छिन् । सुवाससिंह बस्न्यातको लेखन, रबिन आचार्यको छायाँकन र अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतको कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गरेका हुन् । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण