धुर्मुसको निर्माणाधीन रङ्गशालामा गुञ्जियो ‘पार्टी जिताइदे’
काठमाडौं । ‘सेन्टीभाइरस’ ९ फागुनबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्मको प्रदर्शन मिति एकसाता बाँकी रहदा निर्माण युनिटले फिल्मका लागि ‘पार्टी जिताइदे’ बोलको नयाँ गीत छायाँकन गरेको छ ।
निर्माण युनिटले फिल्मको प्रमोसनल गीतको रुपमा मंगलबार उक्त गीत छायाँकन गरेको हो । गीत चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला भित्र छायाँकन गरिएको छ । गीत तामझाम साथ ‘पार्टी जिताइदे’ नारा गुञ्जाउँदै छायाँकन गरिएको गीत हो ।
गीतमा फिल्मका मुख्य कलाकार कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन विक्रम राई लगायतले अभिनय गरेका छन् । गीतको निर्देशन चलचित्रका लेखक दीपक आचार्यले गरेका थिए । गीतमा राजनीतिक पार्टीको प्रचारमा दुई पार्टीबीच भएको झगडा देखाउन खोजिएको छ ।
शुभविहानी फिल्मस्को ब्यानरमा निर्माण भएको ‘सेन्टी भाइरस’मा सिताराम कट्टेल (भुर्मुस), कुञ्जना, सन्दीप क्षेत्री, विल्सन बिक्रम राई लगायतको अभिनय रहेको छ ।
फिल्ममा शङ्कर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।
२ करोडको लागतमा बनेको फिल्म डिन्डु लामा ह्योल्मोले निर्माण गरेका हुन् । फूर्पा लामा सह निर्मातामा रहेको फिल्म कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् ।
रामबाबु गुरुङको निर्देशन रहेको फिल्मको आम्दानी मध्यको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’लाई दिने घोषणा समेत निर्माण युनिटले केही अगाडि गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन केही मानिसहरू लामखुट्टेका लागि ‘चुम्बक’ बन्छन् ?
-
रिङ्कु कुमारीसिंह मृत्यु प्रकरणमा पति, सासू र ससुरा पक्राउ
-
मलेसियाको आन्तरिक पर्यटक ११ दशमलव पाँच प्रतिशतले वृद्धि
-
जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन
-
लगातार दोस्रो पटक विश्वकप जित्ने दाउमा रहेको अर्जेन्टिनालाई अल्जेरियाको चुनौती
-
‘नेपाली चियामाथि भारतको अवरोध प्राविधिक मात्र होइन कूटनीतिक हो, सरकारले वार्ता गरोस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण