धनकुटाका २६ निजी विद्यालयमा शोक बिदा
बिहीबार, ०१ फागुन २०७६, ११ : २८
धनकुटा । धनकुटाका २६ वटा निजी विद्यालयमा बिहीबार शोक बिदा दिइएको छ । निजी विद्यालयहरुको छाता संगठन प्यावसन धनकुटाले संगठनमा आबद्ध जिल्लाभरका निजी विद्यालयमा शोक बिदा गर्ने निर्णय गरेको हो ।
धनकुटाको हुलाकटोल स्थित तुलसी मेहर स्कुलमा कार्यरत कार्यालय सहयोगी वीरबहादुर राईको गएराती निधन भएपछि शोकमा बिद्यालयहरु बिदा गर्ने निर्णय भएको प्यावसनका बरिष्ठ उपाध्यक्ष दुर्गा लुइटेलले जानकारी दिए । अचानक बिरामी परेका राईलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याइएको थियो ।
गएराती करिव २ बजे उनको मृत्यु भएको बताईएको छ । निजी विद्यालयमा कार्यरत शिक्षक एवम् कर्मचारीको निधन हुँदा प्याबसनले शोक बिदा गर्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ गतेसम्म आवेदन दिन सकिने
-
ट्रम्पद्वारा इरानको बन्दरगाहमा नाकाबन्दी, अर्को साता विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ?
-
बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली
-
पछिल्ला वर्षमा कानुन निर्माणको गति सुस्त भयो
-
बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण