नागढुङ्गा–कलङ्की सडकमा सिसिटिभी जडान गरिने
उपत्यका भित्रिने प्रमुख नाका नागढुङ्गा– कलङ्की सडकमा सिसिटिभी जडान गरिने भएको छ । समुदाय–प्रहरी पालिका समितिले आज यहाँ आयोजना गरेको ‘ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम’मा उक्त कुरा बताइएको हो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नागढुङ्गा– कलङ्की सडकखण्डमा चाँडो सिसिटिभी र सडकबत्ती जडान गरिने बताए ।
नगरपालिकाले सिसिटिभी र सडक बत्ती जडानका लागि रु एक करोड रकम विनियोजन गरेको उनको भनाइ थियो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक नियम पालना गरे सडक दुर्घटनामा कमी आउने बताए । राजधानी भित्रिने प्रमुख नाकामा सडक दुर्घटना न्यूनीकरण गरे राजधानीमा आफैँ दुर्घटना न्यूनीकरण हुने उनको भनाइ थियो ।
नेपाल ट्रक तथा टिप्पर व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सरकारले मालवाहक सवारीसाधन पार्किङका लागि आवश्यक स्थान उपलब्ध गराउन नसकेको गुनासो गरे । कार्यक्रममा ट्राफिक दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक श्रव्यदृश्य सामग्रीको प्रदर्शन गरिनाका साथै सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तक्र्रिया गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलका लागि किन बल परिवर्तन गरियो ?
-
मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?
-
नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण