कविता : सम्बन्ध
शनिबार, ०३ फागुन २०७६, १६ : १५
-डा. अच्युतशाली घिमिरे
यो यात्रा
सायद सुनौलो छ
अनि सम्बन्ध उस्तै मिठो
हामीहरु फूलहरुमा रङ्गिन्छौँ
किरणहरुसँग मितेरी गास्छाँै
अनि कोइलीसँगै गुन्जिन्छौँ
हाम्रा सम्बन्धका
सौन्दर्यहरुमा
सुसाउँदै मीठो कविता
बग्दछ नदी किनारमा
हाम्रा सम्बन्धका
तरङ्गहरुमा
लहलहाउँदै धानका बालाहरु
झुल्दछन् खेतका आलीहरुमा
तिम्रो मेरो
सम्बन्ध प्रतीक बन्दै छ
सपनाका बगैँचाहरुमा
चित्रकारले कोरेको क्यानभास जस्तै
उर्फ
म कसरी भनूँ तिमीलाई
अविरल बहिरहेका मेरो
जिन्दगीका हरफहरुमा
तिमी अल्पबिराम बनिदिन्छ्यौ
र मुसुक्क मुस्कुराइदिन्छ्यौ !
ती रेखाहरुमा
ती परिवारका प्रेरणाहरूमा
वा समाजका विमर्शहरूमा
तिम्रो मेरो सम्बन्ध मात्र सम्भावना हुन सक्छ
तर कल्पनाको आकासमा
उडेका छौँ हामी
स्वछन्द
दुई पखेटा
एक चरी भई ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलका लागि किन बल परिवर्तन गरियो ?
-
मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?
-
नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण