स्याटलाइट ट्रान्समिटर जडान गरिएका गिद्ध यस्तो अवस्थामा
सिनो खाएर मानिसलाई रोगव्याधीबाट बचाउने हिमाली गिद्धको अध्ययन नेपालमा सुरु भएको छ । प्राकृतिक कुचिकार मानिने हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरेर अध्ययन सुरु गरिएको हो ।
अहिलेसम्म तीनवटा हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरिएको छ । उमेर बढ्दै जाँदा अल्पवयस्क उमेरमा हिमाली गिद्धको बसाइ सरेर जाने बानी हुन्छ । यस उमेरमा उसले टाढाटाढा विचरण गर्दै यात्राको अनुभव लिने गर्छ । यसरी बसाइ सरेर हिँड्दा हिमाली गिद्ध कुन कुन ठाउँमा पुग्छ र के के गतिविधि गर्छ भन्ने कुरा नै अध्ययनको विषयवस्तु हो ।
हालसम्म स्याटलाइट जडान गरिएका तीनवटा गिद्धको स्याटलाइटले फरक फरक सूचना दिइरहेको छ । “एउटा हिमाली गिद्ध भारतको मध्यप्रदेश पुगिसकेको खबर स्याटलाइटबाट प्राप्त भएको छ, अर्को गिद्ध सुदूरपश्चिमको खप्तड हुँदै दैलेख, बर्दियाको माथिल्लो भेगमा विचरण गरिरहेको पाएका छौँ,” सुवेदीले भने ।
तेस्रो गिद्ध भने दुई दिन पोखरा घुमेर बुटवल, पूर्व रामनगर हुँदै पाल्पा तानसेनमा डुलिरहेको छ । यसरी तीनवटा गिद्धले तीन फरक फरक क्षेत्रमा आफ्नो यात्रा गर्दा त्यहाँको रहनसहनसँग घुलमिल हुँदै यात्रामा अघि बढिरहेको पाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
-
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
-
पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
-
विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण