बालुवाटार प्रकरणमा मुछिएका थप ७ जनाको नाममा १५ दिने म्याद
आइतबार, ०४ फागुन २०७६, ०९ : २६
काठमाडौँ । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा थप सात जनाविरुद्ध अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ । अदालतका अनुसार १५ दिनभित्र उपस्थित हुने गरी म्याद पठाइएको हो ।
भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन निर्देशक पुष्पराज उपाध्याय, शाखा अधिकृत इन्द्रप्रसाद ढुंगाना, मालपोत कार्यालय डिल्लीबजारका प्रमुख टीकाराम घिमिरे, मालपोत कार्यालयका सुब्बा टीकाबहादुर बीसी, मालपोत कार्यालय काठमाडौँका खरिदार जीवनाथ पोखरेल, समरजंग कम्पनीका तत्कालीन प्रमुख अर्जुनप्रसाद भण्डारी र मालपोत कार्यालय डिल्लीबजारका नासु श्रीहरि पुडासैनीको नाममा अदालतले म्याद पठाएको हो ।
यसअघि विशेषले अरु ७ जनामाथि पनि म्याद जारी गरिसकेको छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
-
नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक
-
नारायणीमा एक वर्षमा साढे छ किलोमिटर तटबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण