संगीतको दुनियामा फर्किए जस्टिन
लन्डन । हलिउड गायक तथा अभिनेता जस्टिन बीबर संगीतको दुनियामा फर्किएका छन् । बिगत दुई बर्षदेखि डिप्रेसनमा रहेका उनी अहिले तनावबाट मुक्त भएर फर्किएका हुन् ।
उनलाई डिप्रेसनबाट बाहिर ल्याउन गायिका एरियाना ग्राण्डेले महत्वपुर्ण भूमिका खेलेकी छन् । जस्टिन आफैले सो कुरा बताएका हुन् ।
‘एरियाना मलाई हमेसा प्रोत्साहन गर्दथिन्’ जस्टिले भने ‘मलाई जस्टिन बीबर सिजनको केही भाग बनाउनु थियो । एशियानाले मलाई जहाँबाट खतम भएको थियो । त्यहीबाट सुरु गर्न प्रेरणा समेत दिइन् ।’ यो मात्र नभएर एरियानाले कयौ पटक आफुलाई साथ दिएको बीबरले बताए ।
‘मैले १९ बर्षको उमेरमा ड्रग्स् लिन सुरु गरेको थिए । सोही समयदेखि सम्बन्धको कदर गर्न समेत बन्द गर्दिए’ जस्टिनले अगाडि भने ‘म एकदमै भाग्यमानी पनि छु । किनभने एरियाना जस्तो मानिस मेरो जीवनमा आइन् र मलाई प्रोत्साहन गरिन्,’ बीबरले आफूले गरेको गल्ती ठिक गर्न वर्षाैँ लागेको समेत बताएका छन् ।
जस्टिन २०१६ मा अमेरिकी मोडल हेली बाल्डविनकोसँग डेट गदर्थे । २०१८ मा उनले उनीसँग नै बिवाह गरेका थिए ।
हेली अगाडि बीबर सेलेना गोमेजसँगको डेटमा थिए । गोमेजसँग २०१४मा उनको ब्रेकअप भएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण