संगीतको दुनियामा फर्किए जस्टिन
लन्डन । हलिउड गायक तथा अभिनेता जस्टिन बीबर संगीतको दुनियामा फर्किएका छन् । बिगत दुई बर्षदेखि डिप्रेसनमा रहेका उनी अहिले तनावबाट मुक्त भएर फर्किएका हुन् ।
उनलाई डिप्रेसनबाट बाहिर ल्याउन गायिका एरियाना ग्राण्डेले महत्वपुर्ण भूमिका खेलेकी छन् । जस्टिन आफैले सो कुरा बताएका हुन् ।
‘एरियाना मलाई हमेसा प्रोत्साहन गर्दथिन्’ जस्टिले भने ‘मलाई जस्टिन बीबर सिजनको केही भाग बनाउनु थियो । एशियानाले मलाई जहाँबाट खतम भएको थियो । त्यहीबाट सुरु गर्न प्रेरणा समेत दिइन् ।’ यो मात्र नभएर एरियानाले कयौ पटक आफुलाई साथ दिएको बीबरले बताए ।
‘मैले १९ बर्षको उमेरमा ड्रग्स् लिन सुरु गरेको थिए । सोही समयदेखि सम्बन्धको कदर गर्न समेत बन्द गर्दिए’ जस्टिनले अगाडि भने ‘म एकदमै भाग्यमानी पनि छु । किनभने एरियाना जस्तो मानिस मेरो जीवनमा आइन् र मलाई प्रोत्साहन गरिन्,’ बीबरले आफूले गरेको गल्ती ठिक गर्न वर्षाैँ लागेको समेत बताएका छन् ।
जस्टिन २०१६ मा अमेरिकी मोडल हेली बाल्डविनकोसँग डेट गदर्थे । २०१८ मा उनले उनीसँग नै बिवाह गरेका थिए ।
हेली अगाडि बीबर सेलेना गोमेजसँगको डेटमा थिए । गोमेजसँग २०१४मा उनको ब्रेकअप भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीपको मुद्दामा बहस लम्बियो , समय छोट्ट्याउन न्यायाधीशको अनुरोध
-
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’
-
अमेरिकाले चीनको विद्युतीय कारमा चार गुणा कर बढायो
-
सुनसान छ डाक्टर केसीको अनसनस्थल
-
ललितपुर मेयर महिला क्रिकेट च्याम्पियनसिप : एपीएफ क्लबको लगातार तेस्रो जित
-
बूढीतोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत गरिँदै