नैतिकताको आधारमा मन्त्रीबाट राजीनामा दिएँ : गोकुल बाँस्कोटा
काठमाडौँ । सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् । उनी आफैँले राजीनामाबारे जानकारी दिएका हुन् । केहीबेर अघि ट्वीट गर्दै मन्त्री बाँस्कोटाले राजीनामाको घोषणा गरेका हुन् ।
उनले भनेका छन्, ‘मेरोबारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु ।’
यसअघि सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बाँस्कोटाको राजीनामाबारे आफूले अनौपचारिक जानकारी पाएको बताएका थिए । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिएको जानकारी आफूले पाएको जिकिर गर्दै यसबारे लिखित जानकारी आउने विश्वास व्यक्त गरेका थिए ।
प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठकमा अवरोध गरेपछि सभामुख सापकोटाले मन्त्री बाँस्कोटाको राजीनामाबारे जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
