कर्मचारीलाई गोकुल बाँस्काटाले मु** भनेपछि भत्सर्ना, कारबाहीको माग
बिहीबार, ०८ फागुन २०७६, १८ : १२
काठमाडौँ । निवर्तमान सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको अभिव्यक्ति प्रति निजामती कर्मचारी युनियनले कडा आपत्ति जनाएको छ ।
उनले ७० करोड कमिसनको बार्गेनिङ गरेको एक अडियोमा कर्मचारीलाई मु**हरु भन्दै अपमान गरेका थिए ।
‘नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी लिएका व्यक्तिबाट यस्तो उपेक्षाबोधक अश्लील शब्दले आम राष्ट्रसेवकलाई मान मर्दन गर्नु खेदयोग्य र कारबाहीजन्य अपराध हो,’ युनियन(सङ्घ)का उपमहासचिव दुर्गाप्रसाद फुयाँलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा स्वतन्त्र छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दछौँ ।’
कमिसन प्रकरणमा मुछिएका बाँस्कोटाले बिहीबार नै राजीनामा दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण