आर्सनलले जित्दा युनाइटेड बराबरीमा रोकियो
इङ्लिस क्लब आर्सनलले युइएफए युरोपा लिग फुटबलको राउन्ड अफ ३२ मा जित निकाल्दा म्यानचेस्टर युनाइटेड भने बराबरीमा रोकिएको छ । बिहिबार राति भएको खेलमा आर्सनलले ग्रिसको ओलम्पियाकोसलाई उसैको मैदानमा १–० गोलले हरायो । आर्सनलको जितमा अलेक्आन्द्रे लाकाजेट्टीले निर्णायक गोल गरे । लाकाजेट्टीले ८१औं मिनेटमा गोल गरेका थिए ।
अर्को खेलमा युनाइटेड बेल्जियन क्लब ब्रुगसँग १–१ गोलको बराबरीमा रोकिएको हो । ब्रुगले १५ औ मिनेटमा इमानुअल डेनिसको गोलमा अग्रता लिएको थियो । त्यसपछि युनाइटेडका एन्थोनी मार्सियले ३६औं मिनेटमा बराबरी गोल फर्काएका थिए । बर्षाले प्रभावित खेलमा दोस्रो हाफमा थप गोल नभएपपछि युनाइटेड बराबरीमा चित्त बुझाउन बाध्य बन्यो ।
अर्को खेलमा रोमेलु लुकाकुको सानदार प्रदर्शनमा इटालियन क्लब इन्टर मिलानले बुल्गेरियन क्लब लुडोगोरेट्स राजग्राडलाई उसकै मैदानमा २–० गोलले हरायो । इन्टरको जितमा क्रिस्टियन इरिक्सनले ७१औं मिनेटमा पहिलो गोल गरे । उनले लुकाकुको पासमा गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी सममा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई सजिलै जिताए ।
लुडोगोरेट्स एनिसेट एबेलले डानिलो डि एम्ब्रोसियोलाई डिबक्स भित्र लडाएपछि इन्टरले पेनाल्टी पाएको थियो । अन्य खेलमा रोमाले जेन्टलाई १–०, वल्भ्सले स्पान्योललाई ४–० र गेटाफेले आजाक्सलाई २–० गोलले पराजित गरेको छ । दोस्रो लेगका खेल फेब्रुअरी २७ मा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा ढाका महोत्सव सुरु
-
निःसन्तान दम्पतिलाई हार्दिक आईभीएफमा अब १ लाख ९९ हजारमै आईभीएफ सेवा
-
सुकेधाराको डान्स बारमा लुटपाट, ५ जना पक्राउ
-
उपेन्द्र यादवलाई अर्को झट्का, दीपेन्द्र झाले दिए राजीनामा
-
‘लन्डन टु पेरिस’को गीत : साम्राज्ञी, निश्चल र गरिमाको त्रिकोणात्मक प्रेम
-
ललितपुर मेयर महिला टी–२० क्रिकेट : एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबिच उपाधि भिडन्त