पोखरीमा बालकको शव भेटियो
शुक्रबार, ०९ फागुन २०७६, १२ : ०६
सिरहा : सिरहाको कल्याणपुरमा पोखरीमा डुवेको अवस्थामा एक बालकको शव फेला परेको छ । सिरहाको कल्याणपुर नपा ३ इटारीपर्साहीका राजकुमार मण्डलको छोरा ३ वर्षि अयुष मण्डल आज शुक्रवार विहान पोखरीमा मृत फेला परेको हो ।
हिजो छिमेकीको विवाह रहेकाले कतिखेर हराएको भन्ने एकीन नभएपनि साँझमा बच्चा खोज्दा फेला नपरेको स्थानीय जगदिश मण्डलले बताए ।
बच्चा नभेटिएपछि रातभरी खोज तलास गरेपनि विहानमात्र पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी डिएसपी विनोद अधिकारीले जानकारी दिए ।
डिएसपी अधिकारीले अहिले सम्म बच्चा आफै खेल्दै जाने क्रममा डुवेको हुन सक्ने अनुमान गरेपनि घटनाबारे थप अनुसन्धान भईरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण