सुनदेखि लसुनसम्म कोरोना भाइरसको प्रभाव
शनिबार, १० फागुन २०७६, ०८ : २५
चीनमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको प्रभाव नेपाली बजारमा सुनदेखि लसुनसम्ममा परेको छ । चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले गत १५ माघमा चीनबाट प्रवेश हुने नाका बन्द गरेको थियो ।
नेपाली व्यवसायीले चीनबाट धेरै वस्तु आयात गर्र्दै आएका छन् । सो नाका बन्द भएपछि त्यसको प्रत्यक्ष असर लसुनमा देखिएको थियो । अहिले त्यसको असर क्रमशः अन्य वस्तुमा पनि देखिएन थालेको छ ।
औषधि उत्पादन हुने कच्चा पदार्थ, लुसन, स्याउ, सुनलगायत अन्य वस्तुमा समेत यसको प्रभाव परेको छ । कोरोना भाइरसको प्रभावले नेपाली बजारमा गत २२ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँमा बिक्री भइरहेको लसुनको मूल्य बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ । पछिल्लो दुई महिनामा मूल्य ३ सय ५० रुपैयाँले वृद्धि भएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण