भाजपाद्वारा दिल्ली चुनावमा पराजयका कारणबारे मूल्याङ्कन सुरू
नयाँदिल्ली । भर्खरै सम्पन्न दिल्ली विधानसभा चुनावमा ठूलो पराजयको सामना गरेको भारतीय जनता पार्टी (भाजपा) ले निर्वाचन परिणामको समीक्षा सुरू गरेको छ । भापजाले प्रत्येक निर्वाचन क्षेत्रमा केन्द्रित बनेर हारको कारण पत्ता लगाउन आफ्ना नेता तथा कार्यकर्तालाई परिचालन गरेको हो ।
भाजपाको उच्च स्रोतका अनुसार केन्द्रीय नेतृत्वले यी प्रत्येक क्षेत्रका नेताहरुलाई भेट्न पाँच महासचिव, उपाध्यक्ष तथा सचिवलाई दिल्ली राज्यमा पठाएको छ । ‘ती नेताहरूले आफ्नो हारको कारण अनुसन्धान गर्न प्रत्येक निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई भेट्नुपर्नेछ,’ स्रोतले थप्यो । आगामी निर्वाचनमा दिल्ली विधान सभा तथा लोक सभामा ५१ प्रतिशत मत ल्याउने लक्ष्यका साथ जिम्मेवारी तोकिएका नेताहरूले समीक्षा भ्रमणको तयारी गरिसकेका बताइएको छ ।
हालै सम्पन्न निर्वाचनमा केजरीवाल नेतृत्वको क्षेत्रीय दल आम आदमी पार्टी (आप) ले दिल्लीमा ७० सीटको विधानसभामा ६२ सीटको भारी अन्तरले भाजपा, भारतीय काँग्रेसजस्ता केन्द्रीय पार्टीलाई पराजित गर्दै शक्तिशाली सरकारको गठन गर्न सफल बनेको छ
भाजपाले दिल्ली विधानसभालाई आफ्नो पकडमा पार्न आक्रामकरूपमा निर्वाचन प्रचार प्रसार अभियान सञ्चालन गरेको भएपनि मात्रै आठ सीट ल्याउन सफल भएको थियो । केन्द्रमा प्रमुख प्रतिपक्षी लामो समय भारतमा सरकारको नेतृत्व गरेको काँग्रेसले भने दिल्लीबाट एक सीट पनि ल्याउन सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण