सिरहामा कोरोनाभाइरसबारे सचेतना
सोमबार, १२ फागुन २०७६, १३ : ०२
सिरहा । गोलबजार नगरपालिकाका कोरोनाभाइरसबारे सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।
कार्यक्रममा मेयर देवनाथ साहले सरसफाईप्रति सचेत रहन सके धेरै रोगबाट बच्न सकिने बताए ।
उनले छिमेकी देशमा देखिएको कोरोनाभाईरसले दुनियाँलाई नै आतङ्कित बनाएको भन्दै यसबाट बच्न सचेत रहँदै सरसफाईमा ध्यान दिनुपर्ने बताए ।
गोलबजार नगरस्वाथ्य कार्यालयको आयोजनामा भएको अन्तरक्रियामा स्वास्थ्य शाखाका प्रमुख सरोज कर्णले कोरोनाभाईरसबाट बच्न नियमित रुपमा साबुन पानीले हात धुने, रुघाखोकी तथा स्वासप्रस्वासका बिरामीको नजिक नजाने, खोक्दा वा हाछ्यूँ गर्दा मुख, नाक छोप्ने, मासु वा अण्डा खाँदा राम्रोसँग पकाएर खाने गर्नुपर्ने बताए ।
सोही क्रममा उनले रुघाखोकी वा फ्लूको जस्तो लक्षण देखिए जथाभावी औषधी नखाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ?
-
बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली
-
पछिल्ला वर्षमा कानुन निर्माणको गति सुस्त भयो
-
बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा
-
ट्रम्पको इरान युद्ध नीतिविरुद्ध मोर्चाबन्दी : डेमोक्र्याटले रोके १.१५ ट्रिलियन डलरको रक्षा बजेट
-
धनगढीमा सबैभन्दा धेरै गर्मी, पोखरा र विराटनगरमा वर्षाको ८० प्रतिशत सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण