‘के नेकपा राजनीतिक स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिएको हो ?’
काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले संविधान संशोधनको बेमौसमी बहसले पार्टीको छबि बिग्रिन सक्ने बताएका छन् । मन्त्री ज्ञवालीले कहिले आलोपालो प्रधानमन्त्री त कहिले शासन प्रणाली परिवर्तन अनि कहिले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्था गर्न संविधान संशोधनको बेमौसमी बहसले पार्टीलाई हित नगर्ने बताए ।
मंगलबार सामाजिक सञ्जालमा स्टाटस् लेख्दै नेकपाका नेता समेत रहेका मन्त्री ज्ञवालीले यस्तो बेमौसमी बहसले नेकपा राजनीति स्थिरता दिन अक्षम छ भन्ने खराब सन्देश जान सक्नेतर्फ सचेत रहनुपर्नेमा जोड दिएका छन् ।
उनले भनेका छन्ः ‘कमरेडहरु, गत निर्वाचनमा हामीमाथि जनविश्वासको आधार थियो–स्थिरता र समृद्धिको अपिल । तर कहिले आलोपालो प्रम त कहिले शासन प्रणाली परिवर्तन, अनि राष्ट्रियसभा सदस्य पनि प्रम नै हुने व्यवस्था गर्न संविधान संशोधनको बेमौसमी बहस । के नेकपा राजनीतिक स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिएको हो ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण