नेकपाले आचारसंहिता कार्यान्वयन गर्न दियो अर्को विशेष निर्देशन

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वले नै पार्टीले जारी गरेको आचारसंहिता उल्लंघन गरेको गुनासो बढिरहेका बेला सो पार्टीले मातहतका नेता कार्यकर्तालाई आचारसंहिता पालना गर्न फेरि अर्को सर्कुलर जारी गरेको छ ।
तीन दिनअघि अर्थात फागुन ११ गते नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष परिपत्र–८ जारी गर्दै आचारसंहिता कार्यन्वयनमा जोड दिएका हुन् । केही दिनअघि मात्रै अध्यक्ष केपी ओलीले आफ्नो जन्मदिन मनाउने क्रममा पार्टीको आचारसंहिता उल्घन गरेको भन्दै पार्टीभित्रै आलोचना भएको थियो ।
‘सवै तहका पार्टी कमिटी र संगठित तथा साधारण सदस्यहरुले पार्टी केन्द्रबाट जारी गरिएको आचारसंहिता पालना गर्ने, गर्न लगाउने र त्यस सन्दर्भमा आफूलाई उदाहरण बनाउने’, नेकपाको विशेष परिपत्रमा भनिएको छ ।
११ बुँदे परिपत्रमा नेकपाले आगामी २०७६ चैतभित्र पार्टीका संगठित सदस्य र साधारण सदस्यहरुको सदस्यता नवीकरण सम्पन्न गरिसक्न निर्देशन पनि दिएको छ ।
यसअघि नेकपाले २०७७ असारभित्र नवीकरण भएका सबै संगठित सदस्य तथा साधारण सदस्यलाई पार्टी कमिटी र पार्टी सेलमा संगठित गरिसक्न विशेष परिपत्र – ७ मार्फत निर्देशन दिएको थियो । सोही निर्देशनको प्रभावकारी कार्यान्वयनका लागि विशेष परिपत्र – ८ जारी गरेको नेकपाले जनाएको छ ।
परिपत्रमा केन्द्रीय कमिटी र प्रदेश कमिटीका सदस्यले आ–आफ्नो कार्यक्षेत्र अन्तर्गतका जिल्ला कमिटीसँग समन्वय गरी निर्धारित समयभित्र संगठित सदस्यता तथा साधारण सदस्यता नवीकरण सम्पन्न गर्न र विधानबमोजिम पार्टी कमिटी वा पार्टी सेलमा संगठित गर्न सक्रिय सहयोग गर्न भनिएको छ ।
साथै तोकिएको समयभित्रै नवीकरण शुल्क र लेबी बुझाई सदस्यता नवीकरण गरेर अनिवार्य रुपमा सधारण सदस्यता पत्र वा संगठित सदस्यता पत्र प्राप्त गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
यसरी नविकरण गरी परिचय–पत्र प्राप्त गरेका संगठीत सदस्यहरुलाई आगामी २०७७ असार मसान्तभित्र पार्टीको टोल, प्रारिम्भक कमिटी वा कुनै न कुनै कमिटीमा संगठित गराउन निर्देशन दिएको छ ।
सदस्यता नवीकरण लगत्तै संगठित सदस्य र साधारण सदस्यहरुलाई प्रशिक्षण गर्नका निम्ति पार्टी स्कूल विभागले प्रत्येक प्रदेश र जिल्लामा प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गर्न भनिएको छ ।
प्रशिक्षक प्रशिक्षणका लागि आगामी वैसाख १ गतेदेखि सात प्रदेश र ७७ जिल्ला कमिटीमा खटाउने परिपत्रमा उल्लेख छ । नेकपाले पार्टीका सबै तहका कमिटी तथा सदस्यहरुलाई पार्टी नेतृत्वको सरकारका सम्बन्धमा सकारात्मक प्रचार गर्न तथा भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'टेक एण्ड पे' पीपीए संशोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्यो आन्दोलन
-
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वकार्यकारी निर्देशक ठाकुरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कुलिङ पिरियड’ हटाउने चलखेलविरूद्ध अधिकांश दल, एक्लिँदै एमाले
-
सुदूरपश्चिमका सचिन र सुशील १६ वर्ष मुनिकाे राष्ट्रिय क्रिकेट टोलीमा समावेश
-
मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई ७ दिन हिरासतमा राख्न अनुमति
-
सुदूरपश्चिममा बजेटमाथिको छलफल असार १० गतेदेखि सुरू हुने