आर्थिक वृद्धि र वित्तीय स्थायित्वलाई एकसाथ अघि बढाउनुपर्छः अर्थमन्त्री खतिवडा
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वृद्धि र वित्तीय स्थायित्वलाई एकसाथ अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले अयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धिसँगै वित्तीय क्षेत्र स्थायित्वलाई एकसाथ लैजानुपर्ने बताएका हुन् । उनले नेपालको आर्थिक वृद्धिदर सकारात्मक गतिमा अघि बढेको र चालू आर्थिक वर्षमा पनि लक्ष्य अनुसार नै उच्च आर्थिक वृद्धिदर हुने बताए । उनले आर्थिक वृद्धि र वित्तीय स्थायित्वलाई समान रुपले बढाउन वित्तीय संघीयताको कार्यान्वयनमा जोड दिए । मुलुकमा वित्तीय संघीयता लागू भइसकेको र सरकार त्यसमा सफल हुँदै गएपनि केही गैह्र बैंकिङ क्षेत्रका कारण समस्या भइरहेको संकेत गरे ।
उनले पछिल्लो समय नेपालमा छायाँ बैंकिङको प्रवृत्ति हावी भएको र वाणिज्य बैंकले गर्ने काम अन्य गैह्रबैंकिङ संस्थाहरुले गर्न थालेको बताए । उनले फरक–फरक नाउँमा बैंक, वित्तीय संस्था र गैह्रबैंकिङ संस्थाले एउटै काम गर्दा, सरकार, केन्द्रिय बैंक र जनता अलमलमा परेको बताए । उनले बैंकिङ गतिविधि मात्र वित्तीय समावेशिकरण नभएकाले बीमा कम्पनीहरुले जोखिम बहन नगरे बैंक तथा वित्तीय संस्थाहरु जोखिममा पर्नसक्ने बताए । अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धि र वित्तीय स्थायीत्वलाई समान रुपमा अगाडि बढाउन चुनौती देखा परेको बताए ।
उनले सरकार व्यववसाय गर्न असफल भएपनि बजारलाई असफल हुन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले बजार असफल भएमा सरकार समेत असफल हुने भएकाले निजी क्षेत्रलाई साथमा लिएर उच्च आर्थिक विकासको बाटोमा अगाडि बढिरहेको समेत बताए । त्यसका लागि आन्तरिक उत्पादन बढाउन स्थानीय उत्पादनमा जोड दिइएको र आधारभूत सेवा र आधारभूत पूर्वाधार निर्माणका काम भइराखेकोले विकासको आधारहरु तयार हुँदै गएको उनले बताए । शनिबार सम्म चल्ने सम्मेलनमा छलफल हुने विषयहरुबाट वित्तीय स्थायित्वका लागि नीति निर्माणमा सहयोग पुग्ने विश्वास समेत अर्थमन्त्री खतिवडाले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचार गर्न भारत गएको बेला राप्रपा महामन्त्रीको संगठन विभाग प्रमुख जिम्मेवारी खोसियो
-
मनसुनजन्य विपद्का कारण उपत्यकामा ६६ जनाको मृत्यु, देशभर १९ जना बेपत्ता
-
रात्रिकालीन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडि बढेको छ : मन्त्री दाहाल
-
एभरेस्ट महिला भलिबल : शीर्ष दुईमा काठमाडौँको सम्भावना बलियो
-
संस्कृति रहेन भने देश रहँदैन : उपसभामुख राना
-
बाढी पहिरोबाट प्रभावित ५ सयभन्दा बढीको निःशुल्क उपचार