‘प्रदेश केन्द्रीय सचिवालय भवन’ निर्माण यसै वर्ष शुरु हुने
कर्णाली प्रदेश सरकारले सेवा प्रवाहलाई सहज र छरितो बनाउन सबै मन्त्रालयका भवन एउटै स्थानमा निर्माण गर्ने योजना अघि सारेको छ ।
सङ्घीय सरकारका अधिकांश मन्त्रालय सिंहदरबार परिसरमा भएजस्तै प्रदेश सरकारले पनि त्यही स्वरुपमा मन्त्रालयका भवन निर्माणको तयारी गरेको हो । तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय रहेका भवनबाट हाल प्रदेश प्रशासन चलिहरेको छ । पुराना, साँघुरा र जीर्ण भवन हुनु, मन्त्रालय टाढाको दूरीमा रहँदा सेवाग्राहीलाई समस्या भएको प्रदेश सरकारको निष्कर्ष छ । यसको दीर्घकालीन समाधानका लागि एउटै हाताभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका साथै सबै मन्त्रालय रहने गरी भवन निर्माण गर्न लागिएको हो ।
भवन निर्माणका लागि पूर्वाधार विकास निर्देशनालयले गत आर्थिक वर्षमै विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समेत तयार गरिसकेको थियो । ‘केन्द्रीय सचिवालय भवन निर्माण’ नाम दिइएको उक्त आयोजनाका लागि जग्गाको छनोट भइसकेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको दक्षिणतर्फ रहेको दुई बिघा जग्गामा मन्त्रालयका भवन निर्माण हुनेछन् । सिंहदरबारकै स्वरुपमा एउटै हाताभित्र मन्त्रालयका भवन निर्माण गर्ने र चार वटा गेट राख्ने प्रदेश सरकारको योजना छ ।
पूर्वाधार विकास निर्देशनालयका निर्देशक वासुदेव पौडेलले प्रदेश सरकारको केन्द्रीय सचिवालयको भवन निर्माणका लागि चालू आर्थिक वर्षभित्रै टेण्डर आह्वान भई निर्माण शुरु हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वनलाई उद्योग र अर्थतन्त्रसँग जोड्न माग
-
आफ्नै रेकर्ड तोड्दै नेपाल लाइफद्वारा १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन
-
गत आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च
-
मालवाहक जहाजका लागि होर्मुज जलमार्ग खुला छ : ह्वाइट हाउस
-
मुगु र बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार
-
कृषि ऐन नहुनु दुःखद्, यसै वर्षदेखि वन रक्षकको नयाँ भर्ना खोल्छौँ: मन्त्री गीता चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण