एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध
हुम्लाको चङ्खेली गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध बनेको छ ।
टेलिफोन अवरुद्ध हुँदा यहाँका स्थानीयवासी सञ्चारसेवाबाट बञ्चित भएका छन् ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छामको मासिधारामा रहेको नेपाल टेलिकमको टावर बिग्रिएपछि सञ्चार सेवा अवरुद्ध बनेको हो । माघ ८ गतेदेखि अवरुद्ध बनेको टेलिफोन सेवा मर्मत नहुँदा स्थानीय टेलिफोन सेवाबाट वञ्चित भएका हुन् । टेलिफोन सेवा अवरुद्ध हुँदा मेल्छाम, दार्मा, पुमा, मासिधारालगायत गाउँका स्थानीयवासी सञ्चार सेवाबाट बञ्चित बनेको दार्माका सपना ऐडीले बताए । टेलिकमका प्राविधिक आएर मर्मत गर्न खोज्दा मर्मत हुन नसकेर उनीहरु फिर्ता गएको ऐडीले बताए ।
गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको स्थानीयवासीले गुनासो गरेका छन् ।
गाउँमा टेलिफोन सेवा अवरुद्ध हुँदा वल्र्डलिङ्कबाट सामाजिक सञ्जालमा जोडिने गरेको यहाँका स्थानीयवासी बताउँछन् । यस्तै जिल्लाको तल्लो भेगमा रहेको अदानचुली गाउँपालिकामा टेलिफोनमा समस्या देखिएको छ । मोबाइलमा नेटवर्क देखाउने गरे तापनि फोन नलाग्ने र फोन गर्न खोज्दा काटिने गरेको स्थानीयवासी कुसुम बुढाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वनलाई उद्योग र अर्थतन्त्रसँग जोड्न माग
-
आफ्नै रेकर्ड तोड्दै नेपाल लाइफद्वारा १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन
-
गत आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च
-
मालवाहक जहाजका लागि होर्मुज जलमार्ग खुला छ : ह्वाइट हाउस
-
मुगु र बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार
-
कृषि ऐन नहुनु दुःखद्, यसै वर्षदेखि वन रक्षकको नयाँ भर्ना खोल्छौँ: मन्त्री गीता चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण