बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

टाइगरले स्विकारेः स्कूल पढ्दा श्रद्धालाई मनमनै मन पराउथेँ, चकित नायिकाले भनिन्, ‘मलाई थाहै थिएन’

आइतबार, १८ फागुन २०७६, ११ : २९
आइतबार, १८ फागुन २०७६

श्रद्धा कपुरलाई चाहने सह–कलाकारमा अर्का एक सुपरस्टारको नाम जोडिएको छ । अब टाइगर श्रोफले मिडियासँगको साक्षात्कारमा जब उनी स्कूलमा थिए तब उनलाई श्रद्धा कपुर असाध्यै मनपर्ने खुलासा गरेका छन् । टाइगरले आफ्नो स्कूलको दिनको कुरा खोतल्दै आफूहरु एउटै विद्यालयमा पढ्ने गरेको जानकारी पनि दिए । उनले भने, ‘त्यतिबेला मेरो श्रद्धा कपुरमाथि निकै ठूलो क्रश थियो तर मैले उनलाई आफ्नो फिलिङबारे कहिले बताइनँ, किनभने मलाई असाध्यै डर लाग्थ्यो ।’

श्रद्धा कपुरलाई ‘के तपाईंलाई कहिले टाइगरमा क्रश थियो ?’ भनेर प्रश्न सोधियो तब टाइगरले श्रद्धामाथिको क्रसबारे जानकारी दिएका हुन् ।

यसमा टाइगरले बीचमै रोक्दै भने, ‘उनलाई क्रश थिएन, बरु मलाई थियो । स्कूलका दिनमा म उनलाई हेर्न मरितुल्य हुन्थेँ ।’ टाइगरको यो कुरा सुनेर श्रद्धा अचम्मित हुँदै भनिन्, ‘मलाई त यो कुरा थाहै थिएनँ । यदि थाहा हुँदो हो त यसबारे पक्कै केही गर्ने थिएँ ।’

जब श्रद्धालाई आफ्नो भावना किन व्यक्त नगरेको त भनेर सोधियो तब टाइगरले निकै रोचक जवाफ दिए । उनले भने, ‘मलाई कस्तो डर लाग्थ्यो । टाढाबाटै हेर्यो बस्यो । जब उनी आफ्नो स्कूल करिडोरमा हिँड्थिन् उनको कपालमा हावामा उड्थ्यो ।’

टाइगरको यस्तो कुरा सुनेर श्रद्धाले आफ्नो हाँसो रोक्न सकिनन् । स्मरण रहोस्, टाइगर श्रोफअघि वरुण धवनले पनि उनलाई श्रद्धामाथि क्रश भएको खुलासा गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप