ह्वीलचियरमै ट्याटु
अन्र्तराष्ट्रिय ह्वीलचियर दिवसको अवसरमा ‘समावेशीता सहितको सहभागीता’ भन्ने मूल नाराकासाथ ह्युमन राइट्स ट्याटु फाउन्डेसन र जावलाखेल ह्वीलचियर खेलकुद आयोजनामा ह्युमनराइट्स ट्याटु इभेन्ट २०२० सम्पन्न भएको छ ।
मार्च १ अर्थात “अन्तर्राष्ट्रिय ह्वीलचियर दिवस”को अवसर पारेर ट्याटु इभेन्ट सञ्चालन गरेको हो । कार्यक्रममा ३५ जना भन्दामाथि अपाङ्गता भएका व्यक्तिहरुले ट्याटु खोपाएर सहभागीता जनाएका थिए । त्यस्तै गरी विभिन्न देशका विदेशीहरुले पनि त्यस कार्यक्रममा भाग लिनुकासाथै अन्य व्यक्तिहरुले पनि स्वइच्छाले सहभागी भएका थिए ।
विशेष गरी मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणा–पत्रको धारा १ देखि ३० सम्म लेखिएका सम्पूर्ण कुराहरु जसको जम्मा अक्षर संख्या ६७७३ रहेका छन्, यति संख्यामा रहेका अक्षरलाई ट्याटुमार्फत सहभागी हुन इच्छुक व्यक्तिहरुले चाहेको ठाउँमा एउटा अक्षरको ट्याटु खोपी कार्यक्रम सञ्चालन भएको हो । ६७७३ मध्ये हालसम्म विभिन्न देशहरुमा यस प्रकारका ट्याटु इभेन्ट आयोजना गरेर ४००० भन्दा माथि अक्षर संख्याको ट्याटु खोपिसकेको छ ।
कार्यक्रममा सहभागिहरु आफ्नो शरीरमा ट्याटु खोपाउन एकदम उत्सुक देखिन्थे । र आफु पनि मानव अधिकारवादीको रुपमा रही यसबारे अरुलाई पनि बुझाउन सक्छु भन्दै ट्याटु खोपाइरहेका थिए ।
अन्तर्राष्ट्रिय ह्वीलयिचर दिवसको अवसरमा भएको सो कार्यक्रम बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म चलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलका लागि किन बल परिवर्तन गरियो ?
-
मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?
-
नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण