शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सोसल मिडियाबाट हट्ने ट्वीटपछि मोदीको पुरानो भिडियो चर्चामा

मङ्गलबार, २० फागुन २०७६, १३ : ५५
मङ्गलबार, २० फागुन २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरप्राइज दिइरहन्छन् र सोमबार बेलुकी उनले एउटा यस्ता ट्वीट गरे जसका कारण सोसल मिडियामा सबै चर्चा उनको यो ट्वीटमा सिमित भएको छ । ट्वीटरमा ३ल्यःयमष्ल्यत्धष्ततभच, ३ल्यक्ष्च ३थ्भकक्ष्च ३ल्यःयमष्ल्यत्धष्ततभच ट्रेन्ड गर्न लागेका छन् ।

सोमबार राती ८ बजेर ५६ मिनेटमा प्रधानमन्त्री मोदीले ट्वीट गरे, ‘सोचिरहेको छु कि फेसबुक, ट्वीटर, इन्स्टाग्राम र युट्युबमा आफ्नो सोसल मिडिया अकाउन्ट यो आइतबारदेखि छोडिदिउँ ।’

यतिबेला ट्वीटरमा प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर ह्यानडललाई @narendramodi ५ करोड ३३ लाख भन्दा बढीले फलो गर्छन् ।

मोदीको लोकप्रियता युट्युबमा पनि कम छैन । चार करोड ५१ लाखले मोदीको युट्युब अकाउन्ट सब्सक्राइब गरेका छन् ।

पुरानो भिडियोको चर्चाः

यसैबची मोदीको एउटा भिडियो पुनः चर्चामा आएको छ जसमा उनले सोसल मिडियाको फाइदा र हानीबारे चर्चा गरेका थिए ।

प्रधानमन्त्री बनेपछि सन् २०१५ मा जब नरेन्द्र मोदी अमेरिका गएा थिए तब उनी फेसबुकको मुख्यालय पनि गएका थिए । त्यतिबेला उनले फेसबुकका संस्थापक मार्क जुकबर्गसँग भेटघाट गरेका थिए । यसबाहेक उनले एक सेशनमा भाग लिएका थिए जसमा सोसल मिडियाबारे चर्चा गरिएको थियो ।

त्यतिबेला मोदीले सोसल मिडियालाई लोकतन्त्रका लागि एउटा ठूलो ताकत बताएका थिए साथै झुटो समाचारलाई ठूलो खतरा पनि बताएका थिए ।

मोदीले भनेका थिए, ‘सोसल मिडियाले सशक्तिकरणका लागि एउटा ठूलो शक्ति दिएको छ । कुनै पनि खबर कुनै पनि व्यक्तिसम्म पुग्न सक्छ । तर दुर्भाग्यले नियोजित रुपमा नकारात्मक खबर प्रचारित गर्ने प्रयास भइरहेको छ । राम्रो भयो, केही मिडियाले गलत समाचारलाई उजागर गर्ने काम सुरु गरेको छ । म सोसल मिडियामा धेरै वर्षदेखि सक्रिय छु । मैले त्यसबाट फाइदा पनि पाएको छु । गुड गभर्नेन्सका लागि सोसल मिडिया एउटा ठूलो शक्ति हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप